Posts

Showing posts from July, 2021

यस्तो छ लोकसेवा आयोगको अन्तर्वार्ता प्रक्रिया, यी हुन् जान्नै पर्ने २५ कुरा 

१) पृष्ठभूमि लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक योग्यता र पाठ्यक्रम तोक्ने, रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त लिने, दरखास्त रुजु गर्ने, स्वीकृत गर्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने एवं सिफारिस गर्ने जस्ता महìवपूर्ण कार्य गर्दै आएको छ ।  हाल आएर सुरक्षा निकाय, सङ्गठित संस्था एवं सार्वजनिक संस्थानका पदमा पदपूर्तिको लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई थप भएको छ । यसै व्यवस्था अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकाय तथा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थानहरूमा लोकसेवा आयोगले परीक्षा लिँदै आएको छ ।  लोकसेवा आयोगले गर्ने यस्ता कार्य नेपालको संविधान, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७, लोकसेवा आयोग (कार्य संचालन) निर्देशिका २०६७ र लोकसेवा आयोगका पदाधिकारी एवं दक्ष/विज्ञ...